Saturday, February 10, 2024

लघुकथा (अङ्क ९ मा प्रकाशित)

अज्ञता

-रुद्र अधिकारी ‘निर्दोषी’ 
ईटहरी–१९ सुनसरी हालः लन्डन  


"के गर्दैछौं नमुना ?”

“ए जमुना पो ! बागवानी केन्द्रबाट रुखका बिरुवा ल्याएकी थिए, रोप्दैछु ।”

“घर अगाडि किन रुख रोपेको ? ढल्यो भने घर भत्काउँछ ।” नमुनाले बोली नसक्दै जमुनाले प्रतिक्रिया जनाइन् ।

पल्लो घरको बरन्डाबाट अभिषेकले भन्यो “यहाँंबाट टाढासम्म देखिन्थ्यो, सबै छेलिने भयो ।”

नगरपालिका कुचिकार टुप्लुक्क आइपुगेछ, उसले पनि आफ्नो विचार सुनाई हाल्यो “झरेका पात बढार्न सास्ती हुने भयो ।”

रुख रोपेको विषयमा आफू अनुकूलको विचार, सोच र नकारात्मक प्रतिक्रिया सुनेर अवाक् थिइन नमुना ।

उनले एकै श्वासमा जवाफ दिइन “मैले रुख रोपेको कारणले हाम्रो स्वास्थ्य र वातावरणमा हुने फाइदा प्रति किन तपाईंहरुको ध्यान नगएको हँ ?’’

No comments:

Post a Comment