Saturday, February 10, 2024

लघुकथा (अङ्क ९ मा प्रकाशित)

प्रविधि

-फिराक गोर्खाली
पासीघाट, अरुणाचल प्रदेश भारत  


बूढा ओ बूढा ! कहाँ मोबाइल फोनको भिडियो बन्द नगरेर निदाउन भएको, श्रीमती कराइन् ।

“अरू छातीमा र सिरानी नजिक फोन राखेर सुत्न हुँदैन भनेको थाह छैन बूढा।’’

“यो  फोनमा चलेको भिडियोले कान नै खायो, भोल्युम कम्ती गरेर सुन्नु नि अरूलाई डिस्टर्ब हुँदैन ।

“भिडियो हेर्दा कहिले आँखा लाग्यो थाहै भएन’’ – मैलै सफाई दिएँ । 

“एउटा समय यस्तो पनि थियो जब पढ्दा पढ्दै तपाईं छातीमा किताब राखेर निदाउनु हुन्थ्यो मैलै सधैं र आजको समय हेर्नु किताबको ठाउँमा मोबाइल फोन छ ।’’

जब बूढाखाडालाई त प्रविधिले यस्तो प्रभावित गर्न सक्छ भने बिचरा नानी केटाकेटीहरूलाई के भन्नु, भन्दै श्रीमती भान्सा कोठातिर पसिन् ।

No comments:

Post a Comment