Saturday, March 23, 2024

अनुवाद लघुकथा (अङ्क १० मा प्रकाशित)

सुधार

-हरिशंकर परसाई 

 

जनहितको लागि खोलिएको एउटा संस्थामा केही सदस्यले आवाज उठाए-
‘संस्थाको काम सन्तोषजनक भइरहेको छैन । यसमा धेरै सुधार गर्नु आवश्यक छ । संस्था झन् झन् खत्तम हुँदै गएको छ । यसलाई डुब्नबाट बचाउनुपर्छ । यसलाई कि त सुधार्नुपर्छ कि त विघटन गरी दिनुपर्छ ।’

संस्थाका अध्यक्षले सोधे- ‘कुन-कुन सदस्यलाई असन्तुष्टि छ ?’
दश जना सदस्यले असन्तोष व्यक्त गरे ।
अध्यक्षले भने-
‘मलाई सबै जनाको सहयोग चाहिन्छ । संस्थाको कामप्रति सबलाई सन्तोष होस्, यस प्रकारले म काम गर्न चाहन्छु । तपाईंहरु दश जना कस्तो सुधार चाहनु हुन्छ, कृपया बताउनुस् ।’

त्यसपछि ती दश सदस्यले आपसमा सल्लाह गरेर केही सुधारको सुझाव दिए । ती सुझाव यस्ता थिए-
‘संस्थामा चार सभापति, तीन उप-सभापति अनि तीन मन्त्री हुनु आवश्यक छ ।’

दश जना सदस्यलाई संस्थाको कामप्रति निकै असन्तोष थियो ।

(हिन्दी भाषाबाट अनुदित)

 


 

No comments:

Post a Comment