Wednesday, March 20, 2024

लघुकथा (अङ्क १० मा प्रकाशित)

प्यारको मूल्य

-जयनारायण गिरी  



नाइँ बा अब त बिहे गर्ने पन्यो’ भन्दै फनफनी कोठा वरिपरि आनन्द घुम्न थाले । यसो हेर्दा कुरा मामुली जस्तो लाग्यो । आनन्दलाई आफ्नो प्रत्येक कार्यमा असन्तोष थियो । त्यसैले एउटा सानो असुविधालाई पनि उनको एकहोरोपनले अलमल्याउन सक्छ ।

“किन..?“ कोठाभित्र पस्दै मैले सोधें । उनले निकै खुसी भएर भने, ’यी हेर न, बाहिर जाउँ भनेर लुगा बदलिन थालेको कमिजहरूमा टाँक नै छैनन् । स्वास्नी भएको भए टाँकसम्म त लगाइदिने थिई ।

’स्याबास ! स्वास्नीको कदर खुप गर्ने रहेछौ तिमीले ?“ मैले हाँस्दै भनें ।
’तर मेरो प्यारको मूल्य तिमीले देख्न सक्दैनौ ।“ उनले लगत्तै जवाफ दिए ।

साँच्ची हो त-जुन स्थितिमा उनले टाँकको अभाव अनुभव गरेर स्वास्नीको कल्पना मात्रले उनी प्रसन्न देखिए -“प्यार“ नभए हुन सक्थ्यो ? आज जाबो एउटा टाँकको अभावले उनको विहारमा बाधा पुर्‍याउन सक्छ भने-के ठेगान ? भोलि त्यही ’प्यार’ को अभाव उनको कुनै महान् लक्ष्यको पूर्तिमा अवरोध होला ?

साभारः  कसिंगरः मौलिक लघु-कथा संग्रह

 


 

No comments:

Post a Comment