Wednesday, April 17, 2024

लघुकथा (अङ्क ११ मा प्रकाशित)

जाल

 - रुद्र अधिकारी निर्दोषी
ईटहरी-१९, सुनसरी (हालःलन्डन) 


मेरो घरमा मुसाहरू धेरै आएर हैरान पारे, कसरी भगाउने होला?’’ सुमनले भुवनलाई सोध्यो ।

“मुसा धपाउन धेरै सजिलो छ । घरमा गणेशको फोटो वा मुर्ति राखेर साँझ बिहान पूजा गर्नुपर्छ, दुई चार दिनमा मुसाहरू गायब हुन्छन् ।” भुवनले उपाय सुझायो ।

सुमनलाई भुवनको जुक्ती चित्त बुझेनछ । उसले “यस्तो वैज्ञानिक युगमा पनि कस्तो पुरातन सोच राख्नु भएको ?” भन्दै तथ्यमा आधारित कडी भए मात्र बताउन आग्रह गर्‍यो ।

तत्पश्चात भुवनले मुसा पकड्न ‘गमको जाल’ उपयोगी हुने सुझाव दियो ।
गमको जाल राखेर सुमन मुसा पकड्न सफल भयो ।

दुबै सोच मग्न भए “राजनीतिका मुसालाई पनि पकड्ने जाल बनाउन सके समृद्ध नेपाल र सुखी नेपालीको सपना पनि पुरा हुने थियो की !”


..साथ सहयोगको खाँचो

No comments:

Post a Comment