Sunday, May 19, 2024

लघुकथा (अङ्क १२ मा प्रकाशित)

 प्रचार

रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ   


मन्त्री पद सम्हालेकै भोलिपल्ट उनी उद्घाटन कार्यक्रममा बोलाइए । भाषणमा उनले बोले -“हामी काम गर्न आएका हौँ, हामीलाई काम गर्न दिनुहोस् । रिबन काट्ने र दियो बाल्ने कामलाई हामी प्राथमिकतामा राख्दैनौँ । तपाईंहरूले हाम्रो भाषणको होइन, कामको प्रचार गर्नोस् ।”

पत्रकारले फोटो खिचे, भाषणको भिडियो उतारे, समाचार लेखे र छाप्न हतारिए । रेडियोले यही फलाकिरह्यो, टिभीले यही दोहोर्‍यायो । दिनभरि युट्यूब र अनलाइन मिडियामा यही समाचारले महत्व पाइरह्यो ।


....साथ सहयोगको खाँचो

No comments:

Post a Comment