Sunday, May 19, 2024

म किन लेख्छु ? (अङ्क १२ मा प्रकाशित)


कविता मलाई प्रिय साथीजस्तै लाग्छ । दुःख वा सुखका बेलामा आफ्ना मनभित्रका धेरै कुराहरू सल्बलाएको बेला ती अनुभूतिहरू मलाई कवितामा ढाल्न मन लाग्छ । कुनै घटना वा परिस्थितिले जन्माएका अवस्थाका अनुभूतिहरू पनि मेरा प्रिय कविता हुन्छन् । यी कविताहरू सुख-दुःखमा मसँगसँगै हिँड्ने गर्छन् ।

समाजमा देखिएका भेदभाव, अभाव, माया, दया, प्रेमका कारण पनि म कवितामा पोख्ने गर्छु । प्रकृतिले त मलाई कविता लेख्न अति नै हौस्याउँछ । सानैदेखि महिला हिंसा, बालहिंसा देख्दै आएँ । निम्नवर्गमा मानिसले पाएका दुःख र विभिन्न अभावहरूलाई आत्मसात् गर्दा मलाई पनि दुख्थ्यो । निरास हुन्थेँ ।

त्यसपछि मनभित्र हुँडलिएका पीडाहरू म कवितामा चित्रित गर्ने प्रयास गर्छु । मेरा कविताहरू मार्फत् मानिसहरूका दुःख पीडा हटेर जाओस्, उनीहरूमा पनि केही खुसी छाओस् भनेर म कविता लेख्छु । त्यस्ता व्यक्तिहरूका लागि मैले व्यक्तिगत रूपमा केही गर्न नसके पनि उनीहरूको पीडाका आवाजहरू सबै समक्ष ल्याएपछि उनीहरूका लागि राष्ट्रले पनि सोच्न बाध्य हुन्छ भनेर लेख्ने गर्छु ।


..साथ सहयोगको खाँचो

 


No comments:

Post a Comment