Sunday, May 19, 2024

लघुकथा (अङ्क १२ मा प्रकाशित)

सम्पत्ति

दुर्लभलाल सिंह 


सम्पत्ति नै सुखको मूल बाटो हो । यो उनको बुझाइरहेको देखियो । त्यसैले, सम्पत्ति पाउने बाटो खोज्दै हिँड्दै थियो ।

यताउता गर्दै चारैतिर उनले आँखा डुलाएर हेरे । जति पनि राम्रा-राम्रा कामहरु छन् । त्यसमा उनलाई पटक्कै चित्त बुझेन । तसर्थ, उनले दुई नम्बर धन्दालाई नै रोजे ।

जति लिएपनि उनले पछि दिन जानेन । दिएपनि चित्त बुझ्ने गरी दिन सकेन । अब उनीसँग महल भए । ऐेश आरामका सबै सामग्री बटुल्न सकेँ । देखे जति राम्रा सामानहरु किन्न सक्ने हैसियतमा पुगेँ तर उनी भित्रभित्रै धमिराले खाएको फुस्रो घरजस्तै भयो ।

तैपनि बाहिरबाट हेर्दा उनको अनुहार उज्यालो देखिन्छ । भित्रैबाट देखाउने केही नभएर उनले बाहिर मात्र यसरी देखाएको हो कि?

                                  

अनुः गगनदीप सर्व
साभारः वयात छें पितिन (नेपालभाषा)


....साथ सहयोगको खाँचो

No comments:

Post a Comment