Monday, June 17, 2024

लघुकथा (अङ्क १३ मा प्रकाशित)

सन्तान

- हरिगोविन्द भोमी   



उनको एउटा छोरा छन् । र उनी पुनः गर्भवती भइन् । सुत्केरी हुनु हप्तादिन अघि उनको लोग्नेले उनीसित सोधे, “छोरा चाहन्छौ कि छोरी ?’’

“छोरा’’ मुसुक्क हाँस्दै उनले उत्तर दिई ।

“म त चाहन्छु छोरी आगमन होस् “लोग्नेचाहिँले आफ्नो इच्छा व्यक्त गरे ।

“छोरी जन्मेर के गर्नु ?“ उनले आफ्नो अन्तर्य पोखिन् ।

“छोरीको जात... ठूली भएसी अर्काको घरमा गइहाल्छे... त्यो पनि यथेष्ट दाइजो सुम्पनु पर्ने हुन्छ ।’’

“त्यसैले त छोरी जन्मेको हुन्छ भनेको बुझ्यौ?’’ लोग्नेले भन्यो । 

छोरा होस् या छोरी, सन्तान जन्मेपछि त्यसलाई स्याहारसुसार गर्नु, पालनपोषण गर्नु शिक्षित बनाउनु त आमाबुवाको कर्तव्य नै भयो ।

हो चेलीबेटी ठुली भएपछि विवाह गरेर जानुपर्ने हुन्छ ।

त्यो त संस्कार हो । छोरी विवाह गरेर गई अन्माउने घरलाई पराइ घर भन्नु हुन्न । त्यो उनको कर्म घर हो ।

छोरी विवाह गरेर जान्दा केही दाइजो दिए पुग्छ । तर छोराको जात । तिनीहरूलाई त अंश दिनु पर्ने हुन्छ । छोराहरु जतिसुकै सक्षम र समर्थवान भएपनि उनीहरू बाउकै सम्पत्तिमा भनावैरी गर्ने गर्छन् ।


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment