Sunday, June 16, 2024

लघुकथा (अङ्क १३ मा प्रकाशित)

घार

- सुस्मिता अधिकारी
काठमाडौँ    



वर्षौको संघर्ष पश्चात ठूलै पुस्तक लेखियो । तामझामसहित विश्वकै उत्कृष्ट भन्दै किताबको विमोचन पनि गरियो ।

समृद्धिको लागि सतहत्तरै ठाउँमा दुई सय पचहत्तर वटा किसानका समूह गठन भए ।

सम्मेलनमा सहभागी हुँदै संघ-संस्थाबाट तालिम पनि पाए । रैथाने जातले हुँदैन भन्दै बढी भुन भुनाउने फुर्तिलो पाल्न सुझाव दिइयो । सोही अनुसार किसानले पालेर हुर्काए ।

जिल्ल पर्दै गीत गुन्गुनाउन बाध्य भए,  "उडायो  सपना सबै हुरीले "

पसिना खेर गयो । समय पनि नास भयो । मह बेचेर कमाउला भनेको त बारुला पो परेछन् ।


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment