अपाङ्ग
- रचना शर्मा
नारायणगढ, चितवन
"कसले हो..?" हाटबजारमा तरकारी छान्दै गरेकी रमाले पछाडि फर्केर हेरी । उसलाई कसैले पछाडिबाट ढाडमा प्याट्ट पारेको थियो ।
“ओहो ! ..., ईशा तिमी ?’’
धेरै समयपछि भेट भएकाले उनीहरू हर्ष विभोर भए । हाटको एकछेउतिर उभिएर स्कुल पढ्दादेखिका विशेष घटना सम्झँदै गफिए । खित्का छोडेर हाँस्न थाले । गफकै क्रममा रमालाई उनीहरूकै साथी महेशको स्मरण भयो । - ईशासँग सोधिहाली ।
“अँ साँच्चै, तिमीलाई खुब जिस्काउने, कागजका डल्लाले पछाडिबाट हिर्काउने त्यो महेशको हालखबर के छ त अहिले ?’’
- ईशाले केही जवाफ दिइन ।
“भन न । उसको याद आएर पो सोधेकी हुँ त ! तिमीसँग बिहे गर्न नपाए कसैसँग गर्दिन पनि भन्थ्यो ! बिहे गर्यो कि अविवाहित नै छ अहिलेसम्म ?’’
महेशको नाम र ऊसँग जोडिएका घटना सम्झेर ईशा मलिन भई । छोटो वाक्यमा भनी, “खै के भन्ने ..., ऊ त अहिले अपाङ्ग भएको छ ।’’
“के....? अपाङ्ग ..? कसरी ...?’’ उत्तर सुनेर रमा झस्किई ।
दुई पाइला अघि बढ्दै ईशाले भनी, “उसले आफ्नै गाउँकी एउटी किशोरीको बलात्कार गरेकोले अहिले ऊ समाज विहीन भएको छ ।’’
...साथ सहयोगको खाँचो

No comments:
Post a Comment