Sunday, September 22, 2024

लघुकथा (अङ्क १६ मा प्रकाशित)

राधा पियारी

- रमेशचन्द्र घिमिरे
भोर्लेटार लमजुङ


' यो उमेर लभ गर्ने उमेर हो त मोरामोरी हो ?’ प्रिन्सिपलले मायालु पारामा सम्झाए । ’तिमीहरू आजैदेखि लभ लेटर लेख्ने है, ओहो !’ भाइस प्रिन्सिपलले व्यङ्ग्यात्मक पाराले बोले । ’कानुनले बिस वर्षअगाडि बिहे नगर भनेकै छ त ! अनि तिमीहरूको पारा चाहिँ के हो हँ ?’ सम्बन्धित तहको इन्चार्जले नमिठोसँग भने ।


प्रिन्सिपलको कार्यकक्षमा यस्तो हुँदै थियो । केही सरहरू यता व्यस्त थिए । उता अरू सर मिसहरू श्रीकृष्ण जन्माष्टमीको अघिल्लो दिनको तयारीमा जुटेका थिए । साना कक्षाका कलिला विद्यार्थीहरू राधा र कृष्णको पहिरनमा सजिएका थिए । 


स्कुल हो साह्रै हल्ला खल्ला गर्नु हुँदैन भन्ने बुझेका सर मिसहरू थिए । सायद त्यही भएर होला, स्पिकरबाट अन्यत्र साह्रै डिस्टर्भ नहुने गरेर मधुर स्वरमा यस्तो गीत गुञ्जिरहेको थियोः ’राधा पियारी खै त कृष्ण मधुवनैमा ए राधा पियारी खै मधुवन खोज मनैमा !’


 .....साथ सहयोगको खाँचो

No comments:

Post a Comment