योग्यता
- लीलाराज दाहाल
वागमती ११, कर्मैया, सर्लाही
एउटा नव स्थापित कार्यालयको लागि केही कर्मचारी अपुग भएकाले भर्ना गर्ने निणर्य गरी योग्य व्यक्तिहरुबाट दरखास्त आह्वान गरियो । केही कम्प्युटर अपरेटर पदका लागि आवेदन मागिएको थियो ।
लक्ष्मणले पनि बेरोजगारीको दलदलबाट बाहिर निस्कन विज्ञापन भएको पदमा आवेदन गरे । उनी कम्प्युटर विज्ञानमा स्नातक थिए । कम्प्युटर जानेका अरु केही युवायुवतीहरुले पनि आवेदन गरेका थिए । परीक्षाको किसिम प्रयोगात्मक र अन्तर्वार्ता भनिएको थियो । केही समयमा परीक्षाको नतिजा पनि सार्वजनिक भयो ।
लक्ष्मण लगायत कम्प्युटरका जानकारहरुको नाम निस्किएको थिएन । कहिल्यै कम्प्युटर नछोएका, कम्प्युटरको बारेमा सामान्य कुरासम्म नजानेकाहरु पो परीक्षामा उत्तीर्ण भए ।
अनि लक्ष्मण लगायतका योग्य परीक्षार्थीहरुले हाकिमको कोठामा पुगेर असन्तुष्टि जनाए, हामी कसरी अयोग्य भयौं हाकिम साहेब ? आज हाम्रा प्रमाणपत्रहरुको ठूलोे उपहास भयो तपाईंबाट ।”
अव हाकिममा उनीहरुको चित्त बुझाउन सक्ने तागत बाँकी थिएन । लाचारीको चश्मा लगाएर चारैतिर हेर्दै उनले भने, “तपाईंहरुको लागि माथिबाट फोन आएन । म के गरूँ त ?”
....साथ सहयोगको खाँचो
No comments:
Post a Comment