सत्ता
- डा. कुसुमाकर शर्मा गौतम
'को छौ हैं भान्सामा ? एक कप चिया पाइन्छ कि ?’ बिस्तरा छोड्दै रामवरणले पुकारे ।
भान्सा कोठाबाटै बूढी कराइन्- ’ए ! उठ्यौ बूढा ?’
चिया खोज्दै भान्सा कोठातिर जाँदा छोरीले टोकी- ’कार्यालय नजाने भएपछि घरका काम गस्र्यो ड्याडी । अल्छी भइँदैन ।’ जागीरबाट अवकास भएको उपलक्षमा कार्यालयमा साथीहरूले लगाइदिएको अबिर देखाउँदै थपी- ’कसलाई देखाउन यो लगाइराखेको अझै ?’
डाइनिङ टेबुलमा भएको छोराले त्यहीँबाट व्यङ्ग्य कस्यो- ’कार्यालयले दिएको गाडी अब आउँदैन । कतै जानु पर्यो भने लेफ्टराइट, लेफ्टराइट त होला नि !’
भान्सामा यसो टाउको के देखाएका थिए- श्रीमतीको कटु बाण निस्कियो- ’चिया खान मन भए आफै आएर पकाएर पिउने । हामी कसैका पियन हैनौं ।’
रामवरणको हंस बोल्यो- ’छोराछोरीको त के कुरा ? जागिर खाँदासम्म सात जुनी साथ दिने कसम खाएकी मेरी श्रीमती । जागीर सकिएको भोलिपल्टै विरोधी दलसँग गठबन्धन गरेर सत्ता चलाउन थालिसकिछन् बा !’
...साथ सहयोगको खाँचो
No comments:
Post a Comment