Sunday, December 29, 2024

लघुकथा (अङ्क १९ मा प्रकाशित)

बिहानी

-बालकृष्ण गजुरेल
हेलम्बु–६, सिन्धुपाल्चोक 


हेड मास्टरको छोरा बोर्डिङ्गमा पढ्थ्यो, अष्ट्रेलिया जाने भएछ ।’’ अचानक रीनाले  रहस्य खोली ।

“बावु गतिला भएपछि छोरो गतिला भैहाल्छन् नि !’’ उदय सोताङ्गले थप्यो । 

धमाधम भोज भतेर चल्दै थियो । गन्यमान्य आमन्त्रित थिए । खसीको पकुवा, सेकुवा, भुटन फ्राई इत्यादी परिकारहरू थिए । गोलभेँडा र आलु मटर; दुई थरिका अचार थियो । मटर पनीर तरकारीको स्वाद उस्तै स्वादिलो थियो । सबै जना धमाधम खाइरहेका थिए । भर्खरका तन्नेरी युवा–युवती भने हलमा छमछमी नाचिरहेका थिए । 

विशाल कोठाभित्र प्रवेश गर्‍यो । कम्प्युटरमा फ्लाइट टिकेट चेक गर्दै थियो । अर्कै लिङ्क खुल्यो । माथि प्रश्न थियो – युरोप कसरी विकसित भयो ? कर्सरलाई खेलाउँदै तल झार्यो । उत्तर अद्भूत पायो । गुरूले नै विज्ञ, वैज्ञानिक, दार्शनिक र शासक उत्पादन गर्थे । सरकारी विद्यालय सरकारकै सानो स्वरुप थियो । त्यहाँ पनि शिक्षक युनियन । शिक्षक कलकारखानाका मजदुर थिएनन् । फेरि राजनीति किन ? स्वार्थी गुरूले के उत्पादन गर्छन् ?    पछिल्ला दुई प्रश्नले उसलाई गम्भीर मोडमा पुर्‍यायो  ।

विशाल अष्ट्रेलिया गएर भ्रमको सुनसान रातमा बाँच्न चाहँदैनथ्यो । अतः उसले नकार्दै भन्यो,  “बाबा, मैले निस्वार्थ रुपमा गुरु बन्दा बिहानी पो उठ्छ कि !’’ 


-------------------------------------------------------

.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment