Saturday, March 1, 2025

लघुकथा (अङ्क २१ मा प्रकाशित)

 


शिवराजले भ्रष्टाचारको विरुद्धमा थुप्रै मुद्दा लडे । उनले जिन्दगीभरि भ्रष्टाचारको विरोध गर्दै समय कटाए । 

उनी जीवनभर आदर्श बाँचे । असी वर्षको उमेरमा उनलाई सामाजिक सुरक्षा भत्ताको दुरुपयोग गरेको भनी भ्रष्टाचारको मुद्दा पर्‍यो ।

आफ्नो मुद्दा उनी आफैँ लडे । मुद्दाको तारेख धाउँदा धाउँदै उनले अदालतको परिसरमा देह त्याग गरे ।

बजारमा चर्चा छ, आज उनको मुद्दाको फैसला छ ।

- चितवन

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment