एक आस्तिक र अर्को नास्तिक सँगसँगै हिँडिरहेका छन् ।
**
आस्तिक मन्दिरतर्फ लाग्छ । अनि, नास्तिक मसानतर्फ जान्छ । दुईजना दुईतिर ।
**
आस्तिकले मन्दिरबाट धर्म बोकेर आउँछ । नास्तिकले मसानबाट मृत्यु च्यापेर फर्किन्छ ।
**
दुईजनाको पुनः भेट हुन्छ । भलाकुसारी चल्छ । पछि, छुट्टिन्छन् । आ–आफ्ना घर जान्छन् ।
**
घर पुग्दा आस्तिकको धर्म पापमा परिणत हुन्छ । र, नास्तिकको मृत्युु जीवन बन्छ ।
**
जीवन अघि बढिरहेकै छ, अझ पनि ।
-काठमाडौँ
--------------------------------------
.....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment