"हैन, यत्रो ठूलो पार्टीमा आउने यो भिखारी को हो ?’’ मेनेजरले आफ्नो सहकर्मीसँग सोधे ।
उनले आफू अनभिज्ञ रहेको बताउँदै भने, "निम्ता पठाउँदा पनि मानिसको स्तर हेर्नु पर्छ नि ! आखिर मालिकको छोराको बिहे हो ।’’
मेनेजरले थपे, "छिटै गलहत्याउने काम गरौँ । पाहुना आउने बेला भैसक्यो ।’’
ऊ भने कोहीसँग नबोली सरासर खाना लिएर टेबलमा बस्यो कपाकप खान थाल्यो ।
मेनेजर उसको छेउमा गए र हकारे, "तँ को हो ? चिन्नु न जान्नुको मान्छे आएर यत्रो भव्य पार्टी बसेर खान लाज लाग्दैन, पाखे ? यहाँबाट गइहाल ।’’
ऊ रन्कियो, "को पाखे ? खाइरहेको मान्छेलाई गइहाल भनेर मेरो अपमान गर्ने तिमी पो पाखे ।’’
मेनेजर पड्कियो, "लबस्तरो, विना निम्तो आउने मान्छेको अझ यत्रो फुर्ती ?’’
खल्तीबाट झिकेर निम्तो कार्ड देखाउँदै ऊ जङ्गियो, "कुरै नबुझी हकार्ने ? मालिक विदेशमा भएकोले मलाई जाऊ भनेर पो म आएँ नत्र यस्ता जङ्गलीको अनुहार त हेर्नु पर्ने थिएन ।’’
मेनेजर अली नरम भयो र भन्यो, "भव्य पार्टीमा आउँदा अलि ढङ्गको पहिरन त लगाउनु पर्ने थियो नि !’’
उसले हाँस्दै भन्यो, "महाशय, लुगा भनेको लाज छोप्ने हो । कोट पाइन्ट लगाउँदैमा सभ्य हुने नत्र पाखे ?’’
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment