यमलोकमा एक युरोपिएन मृत आत्मा आफू स्वर्ग जाने कुरामा ढुक्क थिए । तर आफूलाई कतै पनि नपठाइएकोले उनले असन्तुष्टि जनाए, "न्याय त पारदर्शी हुनुपर्ने, मैले स्वर्ग जाने काम गरेको थिएँ ।’’
यमदूत, ’’के के गर्यौ ? यहाँको खातामा त कुनै पुण्यको कार्य देखिएन ।’’
आत्मा, "म लगायत मेरा धेरै साथीहरूले आफ्नो खर्च कटौती गरेर नेपालका गरिब जनताको आर्थिक अवस्था सुधार्न ठूलो धनराशी पठाएका थियौं ।’’
यमदूत, "धनराशीले गरिबको के सेवा गर्यो र ?
आत्मा, "शुद्ध खानेपानी, बाटो, अस्पताल, विद्यालय बनाइदियौं । अहिले उनीहरुको आर्थिक अवस्था फेरिएको छ ।’’
यमदूतले हेर उनीहरूलाई भनी पृथ्वीमा उक्त आत्माले विकास गरेको भनेको स्थल दृश्यावलोकन गराइदिए ।
उहीं तिस वर्ष अघिकै अवस्थाका घर, त्यहाँका बासिन्दाको शरीरमा फाटेका लुगा, अशुद्ध खानेपानी, न बाटो, डाक्टर बिनाका नाम मात्र टाँसिएका स्वास्थचौकी ।
आत्मा झस्किंदै प्रश्न गर्छ, "अनुदान लिने संगठनले हामीलाई अमूल्य सहयोगको लागि आभार प्रकट गर्दै उनीहरूको सुधारिएको अवस्थाको फोटो पठाएका थिए त्यो कहाँको थियो ?"
यमदूत, "जो जति सम्पन्न भएपनि पटक पटक गरिबको नाममा आएको सहयोगको हरण गर्थे उनैले ।’’
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment