रमा र म स्कूलमा मिल्ने साथी, रमा धनी परिवारबाट हुन् भने म मध्यम परिवारबाट । अहिलेसम्म हामीसँगै छौं, विवाहपछि पनि छिमेकी नै भयौँ हामी ।
एक दिन शनिबार पारेर रमाले मलाई यौटा रेस्टुरेन्टमा लगिन् । हामीले मस्त नन भेज खाजा खायौं । दुई जनाले खाएको दुई हजार उठेछ । म त छक्क परे कति महँगो । रमाले दुई हजारको ठाउँमा पच्चीस सय दिएर हिंडी । मैले उसलाई प्रश्न गरे, तैंले पाँच सय बढी किन दिइस् भन त ? उसले मुस्कुराउँदै भनी टिप्स दिएको हो के, केही हुन्न छोड भन्दै हिंडी ।
हामी घर पुग्नै लाग्दा घर अगाडि एकजना दिदीले डोकोमा साग बेच्न राख्नु भएको रहेछ । मैले दुई मुठा साग लिए, मुठाको चालीस रुपैयाँ रहेछ । असी रुपैयाँ दिएँ । रमाले पनि दुई मुठा लिन्छु तर मलाई घटाएर दिनु पर्छ भनी । त्यसको कुरा सुनेर म छक्क परें । दुई मुठा साग लिएर साठी रूपैयाँ दिए, तरकारी दिदी निन्याउरो मुख परेर हुन्न बहिनी मुठाको चालीस नै हो यसले मलाई घाटा लाग्छ भनिन् । तर रमा मानिन, तपाईंलाई चालीस रुपैयाँ दिएर साग लानु सट्टा म साग नलगी नै जान्छु भनेर हिंडी ।
कोठामा पुगेर मनमनै सोचेँ होटेलमा खाँदा बिलअनुसार भन्दा पाँच सय सित्तैंमा टिप्स दिन सक्ने साथीले सागमा तोकिएको जाबो चालिस रुपैयाँमा पनि दश रुपैयाँ किन घटाएको होला ?
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment