'लौ हेर हेर ! यति बेलासम्म कोही पनि उठेकै रहेन छन् । बौ छोरा बुहारी कोही उठेको रहेनछ । कोठाभित्र घाम आइसकेर पनि कोही नउठ्नु भनेको पनि राम्रो लक्षण हो र भन्या ? भने केही काम साम भएको होइन । चाँडो उठेर मात्र के गर्नु भन्छन् । काम नभए खोज्नु पर्यो, कोशिस गर्नु पर्यो । ठूलो सानो काम भन्नू भएन । एक दिन नमिल्ला दुई दिन नमिल्ला । एक न एक दिन त कसो नमिल्ला नि ?’
जग्गा बेचेको पैसा भएसम्म त खालाउ नभए’सी के खान्छौ ? पाँच पाँच रोपनी भएको जग्गा सब सिध्याइ सक्यो । आधी रातसम्म मोबाइल हेरि बस्छ । बिहान यति बेलासम्म सुति राख्छ ।
म एक जना मात्र छुच्चा भएर कराउनु यो घरमा ? लंका जलेको त्यसै हो र ? हनुमानले पुच्छरमा आगो लगाएर दगुरी रहेर पनि कुम्भकर्ण नउठेर त लंका जलेको हो नि, कति न मलाई नै मात्र चाहिने जस्तो, बिहानदेखि रामायण सुनाउन मलाई मात्र मन छ र ? यही तालले देशै श्रीलंका जस्तो हुन के बेर । आजकल श्रीलंकामा पैसा भएर त खान पाएका छैनन् त्यहाँका मान्छेले । एउटा पाउरोटी लिन पनि कति लामो लाइन बस्नुपर्छ’ खै बुझेको ?
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment