Monday, April 28, 2025

लघुकथा (अङ्क २३ मा प्रकाशित)


पनाले बीस वर्षको कलिलो उमेरमा नै एकलकला प्रर्दशन गरिन् शहरमा । उनले सृजना गरेका मौलिक कला हेर्न हलमा मान्छेहरूको भीड लागेको थियो । अटोग्राफ लिनेको भीड, र सपनासँगै बसेर सेल्फी खिच्नेहरूको भीड र कलाको अति प्रसंशा भयो । 

सपनाले चालीस वर्षपछि पुनः एकलकला प्रर्दशन गरिन । यतिखेर सपनाले सोचेकी थिइन् । मेरो कला परिमार्जित र उत्कृष्ट भइसक्यो यो प्रर्दशनीमा भव्य हुनेछ । तर विडम्बना यस्तो भएन कमै मान्छेहरू आए । अटोग्राफ सेल्फी लिनेहरू नगन्य थिए । कलाको प्रसंशा पनि सटिकरूप मै भयो ।

सपनालाई आफ्नो गुरूको भनाई याद आयो । भीड र बाढी उस्तै हो, भीडमा वास्तविक मूल्याङ्कन हुँदैन र बाढीले पनि जे पनि बगाउँछ । सपनालाई ज्ञान भयो । बीस वर्ष पहिले मान्छेको भीडले उनको कलाभन्दा रूप हेर्न आएका रहेछन् । आजको दिन वास्तवमै सपनाको कला हेर्न कलापारखीहरू आएका रहेछन् । सपना हर्षले पुलकित भइन् र सबै महानुभावमा हार्दिक धन्यवाद अर्पण गरिन् ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment