काभ्रेको डाँडामा बस्ने नरबहादुरको घर अझै टिनको छानोमुनि थियो । बर्खामा चुहिने, जाडोमा जिउ चिसो बनाउने ।
नयाँ वर्ष २०८२ को पहिलो बिहान थियो । रेडियोमा बजिरहेको थियो– “नयाँ वर्षको शुभकामना ! सुख, शान्ति र समृद्धिको कामना !’’
नरबहादुर मुस्कुराए– बिहानैदेखि मजदुरीको काममा जानुपर्ने मान्छे, ‘सुख–समृद्धि’ रेडियोमै सुन्न पाइन्छ भन्ने ठट्टा गरेजस्तो ।
घरभित्र आमा चर्केको भित्तातिर ढल्केको चुल्होमा गुन्द्रुकको तिहुन बनाउँदै भनिन्, “बाबु, तिमीले भनेको नयाँ जुत्ता त अहिले पनि सपना नै हो है?’’
नरबहादुरको छोरालाई पुलुक्क हेर्यो– एकै जोडा च्यातिएको जुत्ता, जसले हिउँद र गर्मी दुवै बेहोरिसकेको थियो ।
तर त्यो दिन बेग्लै माहौल थियो । विद्यालयका सरहरू गाउँमा आएका थिए– नयाँ लुगा, पुस्तक र जुत्ताको झोला लिएर ।
“यो नयाँ वर्षमा तिमीहरू सबैलाई नयाँ सुरुवात होस्,’’ सरले भने ।
छोराले खुसी हुँदै जुत्ता अँगाल्यो, आमाको आँखा रसायो ।
यो दृश्य नरबहादुर टाढाबाट हेरिरहे– हिजो आफ्नै दुःखमा चुपचाप थिए, आज अर्काको सद्भावले मन भिजेको थियो ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment