सरकारी केलाउँदै थिएँ । छोरो विद्यालयबाट फर्केर आउँदै थियो । मलाई देख्नासाथ उसको अनुहार पुरै बादल लागेजस्तो देखियो । यसो हेरेँ, एउटा खुट्टा खोच्याउँदै आएको थियो उसले ।
“के भयो बाबु ? किन खुट्टा खोच्याएको ?’’ मैले सोधेँ ।
“विद्यालयमा फुटबल खेल्दै थिएँ, लडेँ ।’’ भन्दाभन्दै भक्कानिएर रोयो ।
यसो हेरेँ, घुँडामा सानो घाउ लागेको रहेछ ।’’ नरोऊ, ठिक भैहाल्छ नि ! “मैले आँसु पुछिदिंदै भने ।
छोरो रोएको सुनेर पल्लो कोठामा भएका बाबा आत्तिदै आए । छोरालाई मायाले अँगालोमा बाँधे । उनको अनुहार पुरै मलिनो भएको थियो, किनकी छोराको घुँडामा घाउ देखिएको थियो । थोरै रगत पनि देखिन्थ्यो ।
उनी आत्तिए । हतार हतार ट्याक्सी बोलाएर अस्पताल लिएर गए ।
यता छोरी तीन दिनदेखि ऐया र आथ्था गर्दै बेडमा लम्पसार परिरहेकी थिई । छोरीको त्यो पीडालाई उनको मनले कहिल्यै छुन सकेन ।
प्रत्येक महिना मासिक धर्ममा हुने उसको पीडा छोराको घुँडाको चोट भन्दा कैयौं गुणा पीडादायी थियो ।
– भक्तपुर सिर्जनानगर
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment