"आहा ! कति सुन्दर स्थान ?” अर्चनाले साथीहरूलाई हेर्दै आश्चर्य व्यक्त गरिन् ।
राधाले अर्चनाको समर्थन गर्दै भनिन्, “तिमीलाई थाहा छ यो टेक्सास, ह्युस्टनको सबैभन्दा सुन्दर प्राकृतिक पार्क हो ।”
सबै जना शेडघरभित्र ल्याएको सामानहरू बिसाउँदै वरिपरिको मानव निर्मित प्राकृतिक सुन्दरताभित्र डुब्न थाले ।
एकैछिनमा ब्रेकफास्ट तयार भयो । सवै ब्रेकफास्ट खाएर कोही म्युजियमतिर, कोही प्लानेटेरियमतिर, कोही जिउँदो पुतली सङ्ग्रहालयतिर, कोही फाउन्टेनको नजिक गएर फोटो खिच्न थाले । ससाना बालकहरू फनपार्कभित्र रमाउन थाले ।
लन्च खाने निर्धारित समय १ बजिसकेको थियो । सबै लन्चको लागि जम्मा भइसकेका थिए ।
राधाले वरिपरि सवैलाई हेर्दै सोधिन्, “मैले अघि देखिन बिपिनलाई देखिरहेको छैन, कहाँ गयो ?”
– “हो, बिपिनलाई देखिरहेको छैन, हामी खोजेर आउँछौं है” भन्दै महेश र केही साथीहरू गए ।
एकैछिनमा बिपिनलाई दुईजनाले पाखुरा समाउँदै ल्याए । बिपिनको आँखाबाट आँसु बगिरहेको देखेर अर्चनाले आत्तिँदै सोधिन्, “के भयो हँ बिपिन तिमीलाई ?”
बिपिन झन् हिक्किदैं रुन थाल्यो ।
“बिपिन ! के भयो ? भन ! विदेशको भूमिमा यहाँ हामी सबै डाक्टर, इञ्जिनियर ! तिमी आफै पनि डाक्टर हौ, भन के सहयोग गर्नु पर्यो?” राधाले सम्झाउँदै सोधिन् ।
“मलाई त्यस्तो केही समस्या परेर रोएको हैन, साथीहरू !” बिपिनले घोप्टो पर्दै भन्यो ।
“अनि के शरीरमा कहीँ दुखेर रोएको हो ?” महेशले सोध्यो ।
बिपिनले आफ्नो मुहारबाट बगिरहेको अविरल आँसु पुछ्दै भन्यो, “हो ! दुख्न त दुखेर नै रोएको हुँ, तर शरीर दुखेर हैन । आज हामी यसरी भेला हुँदा आफ्नो देश नेपालको झझल्को आयो । आज युवा जति विदेशमा आउन बाध्य भएका छन् । जङ्गलमा चितुवाले कुनै जनावरलाई मारेर मासु लुछेझैं यसबेला नेताहरू देशलाई लुछिरहेका छन् । यसैले मन दुखेर रोएको हुँ ।”
टेक्सास, ह्युस्टन, अमेरिका
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment