धनबहादुर मेलाबाट फर्किँदै गर्दा आफ्नो आँगनमा एक हुल मानिसहरू देखेर अचम्भित हुँदै थियो । आँगनमा पाइला टेक्ना साथै सबैले हात जोरेर नमस्कार गरेपछि त्यसमध्ये एकजनाले भन्न सुरू गर्यो 'धनबहादुर दाइ, नमस्कार छ है ! हजुरलाई थाहा भएकै कुरा हो आजसम्म हामीलाई कसैले हेरेनन् । सबैले सधैँ आश्वासन मात्रै दिए केही गरेनन् । अब हामी नै अगाडि आएका छौँ । हामी हाम्रो समाज, गाउँ हुँदै प्रदेश र देशको सम्पूर्ण अव्यस्थित कार्यहरूलाई सही तरिकाले गर्ने अठोट, संकल्प र प्रणसहित निस्किएका छौँ । हजुरहरूले एकपल्ट मौका दिनु पर्यो", उसको कुरा सकिन नपाउँदै फेरि अर्को एकजनाले भन्यो "लौ त धनबहादुर दाइ, हामी सबैको घरदैलोमा पुग्न पर्छ, सबैको समस्या सुन्न पर्छ । हजुरको पनि केही गुनासो भए सुनाउनु होला नत्र हामीलाई बिदा दिनु हवस्, अहिलेलाई ।’’
धनबहादुरकी स्वास्नी पनि पँधेरोबाट आइपुगिन र आत्तिँदै लोग्नेलाई सोधी को हुन् यिनीहरू ? किन आएका थिए ?
धनबहादुरले भन्यो, "यिनीहरू आगामी चुनावको निम्ति भोट माग्न हिँडेका नयाँ पार्टी, नयाँ झन्डा बोकेका पुरानै अनुहारका छलियाहरू हुन् छल गर्न आएका ।’’
– गोरूबथान, कालेबुङ
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment