Sunday, June 8, 2025

लघुकथा (अङ्क २४ मा प्रकाशित)


"फूलमाया जस्तो भाग्यमानी को छ ?” गाउँभरि यही हल्ला चल्यो । गाउँको स्कुलको कक्षा दशमा अध्ययनरत फूलमाया पनि मख्खै थिइन फणिन्द्रसँग विवाह सम्पन्न भएकोमा । पश्चिमाञ्चल क्याम्पस, पोखरामा स्नातक तहमा अध्ययरत फणिन्द्र पनि खुशी थिए आफ्नी प्रेमिकालाई श्रीमतीको रूपमा पाउँदा । अभिभावकका आशङ्का र गुनासोका बाबजुद नवदम्पती सफलतापूर्वक जीवनको नयाँ सिँढी चढ्दै थिए । फूलमाया मुस्कुराउँथिन् सुन्दर भविष्यको कल्पना गरेर । अनि, हर्षका आँसु…….।

“फूलमाया जस्तो अभागी को छ ?” धारा, टोल, गाउँभरि यही हल्ला चल्यो । भनियोः मध्यरातमा उदाएको घाम बिहानै अस्तायो ! फणिन्द्र बस दुर्घटनामा दिवङ्गत भएको समाचार छापियो ।

उनी अहिले सेतो पहिरनमा… । अनि, बलिन्द्रधारा आँसु… ।

– पृथ्वी नारायण क्याम्पस, पोखरा

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment