एउटा धार्मिक प्रवचनको कार्यक्रम चलिरहेको थियो ।
भीडमा एउटा मान्छे बेहोस भएर लडे ।
माइकबाट गुरुको आवाज आयो “ती बेहोश भएर लडेका व्यक्तिलाई मेरो अगाडि ल्याउनुस् ।’’ स्वयंसेवकले उनलाई विस्तारै उठाए र गुरुको अगाडि लगेर राखिदिए । विस्तारै ती मान्छे होशमा आयो ।
तिमी को हौ ? धार्मिक गुरुले उनको नजिकै गएर सोधे, “म यो सहरको नाम चलेको व्यापारी हुँ । मेरो ठूलो कारोबार थियो । दिनदिनै व्यापार मन्दी हुँदै गयो र म ऋणमा नराम्रोसँग डुबे । श्रीमती छोराछोरीहरूले मेरो साथ छोडिदिए । बैङ्क खाता सरकारले रोक्का गर्यो । म ठूलो भड्खालोमा परेको छु कृपया हजुरको कृपा दृष्टि प्राप्त होस् ।’’
“अवश्य ! हरेश नखाऊ जिन्दगी निकास खोजेर अविरल बग्ने नदीजस्तै हो । बाँध थुनियो भने, खोलाले सहर बजारभित्र कुद्नु नियति हो नभाग ।’’
म तिमीलाई एउटा गुरु मन्त्र दिने छु सुन –
तिम्रो सहरमा तिमीले एउटा महायज्ञको घोषणा गर्नू तिथिमिति म दिनेछु । त्यहाँ नोटको वर्षा हुनेछ । आधा तिम्रो आधा मेरो ।
– बिराटनगर –८
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment