घरमा काम गर्नका गाह्राले नोकर राखे । सोचे, “हाम्रो जिन्दगी सुखमा बित्ने भो ।”
“बजारमा जस्तो भन्यो त्यस्तै तरकारी किनेर खान पाइन्छ । कसले दुःख गरोस् ?” तरकारी लगाएर खान मिल्ने एउटा फोहोटो थियो, भाडामा लगाए ।
“निहुरी पर्न नपर्ने, ढाड नदुख्ने, हातलाई आराम हुने अनि घुँडा पनि नदुख्ने” भन्दै लुगा धुनका गाह्राले वासिङ मेसिन खरिद गरे ।
ग्याँस भन्यो ग्याँस, जार भन्यो जार पसलेले नै घरमा ल्याएर आफै फिट गरिदिने भएपछि उत्पातको झन्झट बेहोर्नै परेन । भएको खेत अँधियामा लगाएर बसी बसी आधा भाग क्वाप्प खान पाउने तारतम्य मिलाए ।
डाक्टरको सल्लाह बमोजिम अचेल कसरत नपुगेको निहुँमा बुढाबुढी मर्निङ वाक जान थालेका छन् अनि छोरो चाहिँ जिम हाउसतिर……… ।
भोर्लेटार, लमजुङ
..............................................................................
....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment