Monday, January 19, 2026

लघुकथा (अङ्क ३१ मा प्रकाशित)


 महिला – “नियमापत्ति छ श्रीमान् !’’ उनी कठघरबाट चिच्याइन् ।
न्यायाधीश – “के आपत्ति छ ? भन्नुस् ।’’

“मलाई यो संभोग शब्दसँग आपत्ति छ ।’’
“किन ?’’

“म नौ बर्षकी हुँदै गर्दा मेरो  बिहे भयो । म र मेरो पतिको बोलचाल डरले हो या लाजले धेरै बर्ष भएन । तर मैले किशोरी अवस्थामै बर्षेनी बच्चालाई जन्म दिदै गएँ ।

सहवासका दौरानमा मेरा पतिले मेरो इच्छा प्रति सम्मान गरेर हैन, आफ्नो यौन उत्तेजनालाई क्रियाशिल बनाउनुभएको हो ।

जसको फलस्वरूप सन्तानको जन्म भएको जानकारी गराउँछु ।

त्यसैले, परिवर्तित समयलाई मध्यनजर गर्दै; म प्रति भएको अन्यायपूर्ण व्यवहारको क्षतिपूर्तिसहित मैले वहाँलाई बलात्कारको मुद्दा दायर गरेकी हुँ ।

न्यायाधीश – “त्यस्तो कानुनको निर्माण नभइसकेको कारण तपाईंको मुद्दा विचाराधीन रहनेछ ।’’

महिला – “लैङ्गिक समानताको उद्देश्यले मेरो मुद्दामा सुनवाई हुनु जरुरी छ । मेरो मेरा पतिसँग कुनै किसिमको संभोग थिएन र छैन । त्यो विशुद्ध बलात्कार हो । क्षतिपूर्तिको उचित व्यवस्था होस् ।’’

न्यायाधीश – “तपाईंको मुद्दाको फैसला  कानुन निर्माण पछि हुन्छ ।’’

–रातोपुल, काठमाडौँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment