"ममी एउटा खाउँ?’’ छ वर्षिय छोराले एउटा पुरी छुँदै भन्यो ।
तुलसीको पूजा गर्न सर–सामान ठिक पार्दै गरेकी जूनुले भनिन्, “हुँदैन बाबू । भगवान्लाई चढाएपछि मात्रै खानु पर्छ ।’’
“हस !’’ ऊ निन्याउरो अनुहार लगाउँदै हात बाँधेर चुपचाप बसिरह्यो ।
“बाबुलाई भोक लागेको हो ?’’ त्यही सँगै पूजाका सामाग्री ठिक पार्दै गरेकी फुपूले सोधिन् ।
“होइन ।’’ टिठ लाग्दो अनुहार लाएर उसले टाउको हल्लायो ।
“लेउ यो खाउ ।’’ फुपूले एउटा केराको कोसो दिंदै भनिन् ।
“नाई ! भगवान्लाई दिए पछि खान्छु ।’’ उसले नकार्यो ।
फुपू बालक नजिकै आईन् र च्याप्प समातेर अगाँलो हाल्दै भनिन्, “लु खाउ । बालक नै भगवान् हुन् ।’’
–लोकन्थली, भक्तपुर
..............................................................................
....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment