हाम्रो विधाको अत्यन्तै राम्रो पुस्तक लोकार्पण हुँदै छ, समय मिलाउनु होला । पछि भ्याउँदिन भन्न पाइन्न नि ! अहिले यति चाँडै भनेको छ । धेरै अगाडि निमन्त्रणा पाएकाले रौसिँदै कुर्सी ओगटेर हेर्न सुन्न बसेका हामी अन्य विधाका थुप्रै गुरुहरूले मौकाको फाइदा उठाउँदै ज्ञानगुनका विषय सुनाउँदा धेरैले पट्यार मान्दै आफ्नो सिट छोडेको देख्दा अमिलो मन लिएर कार्यक्रमको रूपरेखा भिन्न भएको मनन गरियो ।
एकपछि अर्को विषयको जानकारी भएकाले कतिले मौका हो भन्दै छेडखानी गरेको पनि सुनियो । दर्शक दीर्घाको सङ्ख्या घट्दै गए पनि सोही विधामा लगाव र समर्पित भएकाहरूले आफ्नो धर्म निभाउँदै सभाको शोभा बढाइरहेका थिए । सबैको पालो सकिँदै गयो । अब प्रमुख अतिथिको पालो आयो । सकियो बल्ल भनेकाहरूको मन, मुख यति उज्यालियो सबै दङ्ग तर पहिलेका वक्ताको भने हेर्न लायकको देखियो अनुहार जब प्रमुख अतिथिले आफ्नो विधा बचाउनु अरू विधाको चर्चा आवश्यक छैन ।
–रातोपुल, काठमाडौँ


No comments:
Post a Comment