"नमस्कार कविवर मलाई चिन्नु भयो?’’ आगन्तुकको आवाजले मलाई ऊ भए तिर तान्यो ।
“नमस्कार हजुर, चिने नि ।’’ एकपटक छापाखानामा भेट भएको थियो । होइन त? मैले उत्तरसहित प्रश्न गरेँ ।
“हजुर, हजुर । त्यसबेला हजुरले कविता सङ्ग्रह निकाल्ने कुरा गर्नु भा’ थियो, निकाल्नु भयो?’’ आगुन्तकले पुनः प्रश्न गरे ।
“कुरा गर्नु मात्रै भयो । आजसम्म निकाल्नु सकेको छुइन ।’’
मेरो कुरा सुनेर छक्क पर्दै उनले सोधे – “हैन त्यसताक त सबै कुराकानी मिलाएको जस्तो लागे’थियो, हैन र?’’
उनको जिज्ञासामा मैले भने – “हजुर हो,सबै कुरा मिलाएर घर पुग्दा छिमेकीको घरमा भीडभाड देखेर त्यहाँ गएको घरमूली दुर्घटनामा परेर खुट्टा भाँचिएको देखेँ । बिचरा गरिब मान्छे, ऊ सँग उपचारको निम्ति पैसा थिएन । परोपकार र सेवा नै धर्म हो भन्ने सम्झेर उसलाई अस्पताल पुर्याएँ । कविता सङ्ग्रह निकाल्ने पैसा त्यता खर्च भएपछि छापाखाना पुगेर प्रकाशनको काम रोक्न लगाएँ ।’’
–गोरुबथान, कालेबुङ


No comments:
Post a Comment