एकै गाउँमा जन्मे हुर्केर सँगै बाल्यकाल घुमेर हुर्किएका एक जोडी साथी थिए रमेश र बिमल । उनीहरू आठ कक्षासम्म गाउँकै स्कूलमा पढे । रमेशको बुबा आफ्ना पिता स्वर्गबास भएपछि भागबन्डामा आफूलाई परेको चितौनको जग्गामा खेती किसानी गर्न भनेर बसाइँ सरे । त्यसपछि ती दुई साथीको प्रत्यक्ष भेट भएको थिएन । पितृहरूको मुक्तिको लागि मार्ग कृष्ण चतुर्दशीको प्रतकालमा पशुपतिनाथको वरिपरि, जङ्गलमा सतबीज छर्ने चलन चलिआएको छ । रमेश आफ्नो बुबाको नाममा सतबीज छर्न काठमाडौँ आएको थियो । उ मृगस्थली पुगेर रातभरी बत्ती बालेर कुरेर बस्ने ठाउँ खोज्दै थियो । जता हेर्यो त्यतै खुट्टा हाली नसक्नु हुल थियो ।
रमेशले टाढैबाट बिमललाई देखेको थियो । आफूले आमालाई वृद्धाश्रममा राखेको कुरा उसले थाहा पाउला भनेर देखेको नदेख्यै गरेको थियो । ठाउँ नपाएर हैरान भएको रमेश बिमललाई देखेर बोलाउँदै उ भएतिर लाग्यो । तर बिमलले अझै पनि रमेशलाई नदेखेको जस्तो गर्न खोज्दा उसको केही सिप लागेन । आफैंले वृद्धाश्रममा राखेको आफ्नी आमा स्वर्गबास भएकोले दुनियाँलाई असल छोरा बनेर देखाउनको लागी उ पनि सतबीज छर्न पशुपति पुगेको थियो । अघिल्लो साँझ नै गएर बत्ती बालेर कुरेर बस्ने ठाउँ मिलाउन उनीहरू बुढा बुढी त्यहाँ पुगिसकेका थिए ।
रमेशले “म पनि मेरा बुबाको आत्माको मुक्तिको लागि उहाँको नाममा बत्ती बाल्न, सतबीज छर्न आएको । कतै पनि ठाउँ पाइन । मलाई पनि यहाँ ठाउँ देउ है भन्दै रमेशलाई ।
"अनि तिमी यहाँ कसको नाममा कर्म गर्न आएको’’ भनेर सोध्यो ।
“म मेरी आमाको नाममा कर्म गर्न आएको ।’’
“तिम्ले आफ्नी आमालाई त वृद्धाश्रममा राखेका छौ रे ! भन्ने सुनेको थिएँ । छोडेको आमाको नाममा सतबीज छर्नु पर्छ र?
–अमेरिका


No comments:
Post a Comment