Monday, September 14, 2026

लघुकथा (अङ्क ३८ मा प्रकाशित)


दृश्य नं. १

– सहिदको सालिकमा नेताले फूलमाला अर्पण गरिसकेपश्चात्, जम्मा भएका सम्पूर्णले एउटै मुखले एकै सासमा बल गरेर कराइरहे,

वीर सहिद जिन्दावाद !
वीर सहिद जिन्दावाद !!


दृश्य नं. २

– धर्नामा बसिरहेकाहरूले कालो झण्डा फहराइरहे, उनीहरूले दृश्य नं. १ मा जस्तै एउटै मुखले एकै सासमा बल गरेर कराइरहे,

– फलानो नेता मुर्दावाद !
– ढिस्कानो नेता मुर्दावाद !!

दुइटै दृश्य हेरिरहेको मैले, मरेकालाई जिन्दावाद, जिउँदालाई मुर्दावाद किन भनेको होला भनेर आफैँलाई प्रश्न गरिरहेँ ।

– महापाल, ललितपुर

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment