बल्ल चौथो वर्षको सुरूमा योजना तर्जुमा गर्ने कार्य पूरा गरे तिनीहरूले ।
“बाढीले गाउँ गाउँ नै बगाउन थाल्यो” भन्ने समाचार सञ्चार माध्यमले प्रसारण गरेपछि मात्र गाउँको संरक्षण गर्न योजनाकारहरूको ध्यान आकर्षित भयो ।
“अब के गर्न आवश्यक छ ?” भन्ने विषयमा तिनीहरूले सल्लाह गर्न थाले, ….आखिर धेरै सल्लाहपछि तिनीहरूले निर्णय गर्यो –
“दुई नदीको बीचका गाउँहरूको अस्तित्व अन्य गाउँहरूको भन्दा धेरै नै
संकटमा पर्न सक्ने सम्भावना भएकोले यस्ता गाउँहरूलाई नै प्रमुख प्राथमिकता दिई योजना तयार गर्ने”
"के गर्नुपर्ला ?” भन्ने बारेमा कुरा गर्दागर्दै पहिलो वर्ष सकायो ।
“के के पक्ष तथा विषयहरूलाई विशेष प्राथमिकता दिइ योजना बनाउन पर्ला ?” भन्ने विषयमा केन्द्रित रही छलफल गर्दैै दोस्रो वर्ष बितायो ।
“कार्यक्रमहरूको छनौट र मार्गचित्र तयार गर्न” मा तेस्रो वर्ष सकायो ।
चौथो वर्षमा अफिसमा मात्रै सल्लाह गरी तर्जुमा गरेकोे योजनालाई कार्यान्वयन गर्न बजेट पास गराई प्रदेशमा पठाइयो ।
गाउँ संरक्षण गर्न नक्सा र योजनाका फाइलहरू बोकि इञ्जिनियर तथा कर्मचारीहरू गाउँतिर लागे ।…..
नक्सा हेर्दाहेर्दै तिनीहरू नदीको किनारमा पुगे, त्यहाँ तिनीहरुले कुनै पनि गाउँ, बस्ती देखेनन्, केवल डरलाग्दोे प्रवाहमा बगिरहेको नदीको पानी मात्र देखे, किनारामा रुख, घाँस, ढुङ्गा र सुनसान वातावरण मात्र देखे । पहिले पनि कुनै गाउँ, बस्ती भएको जस्तो पनि लाग्दैन त्यो ठाउँमा ।
नदीको छेउमा उभिएर नक्सा हेर्दै अलमल्ल भइरहेको बेलामा एकजना वृद्ध त्यहाँ आइपुगे ।
नक्सा देखाउँदै इञ्जिनियरले सोधे – “यो गाउँ कहाँ छ ?”
त्यो वृद्धले पानीको प्रवाहतिर हातले इसारा गरी जवाफ दिए – “नदीले लग्यो, बाढीले बगायो, दुई वर्ष अगाडि नै …!”
उनकोे कुरा सुनेर इञ्जिनीयर र कर्मचारीहरू जिल्ल परे ।
– बालकुमारी, ललितपुर


No comments:
Post a Comment