भत्केको घर
-शिवहरि अधिकारी
भरतपुर ७ कृष्णपुर
गहभरि आँसु लिएर आमाले भनिन “बाबु ! घर भत्क्यो ।’’
“घर बनाउने ठेगदार नै गतिलो नभएपछि । यता टाल्यो उता भत्किन्छ, उता टाल्यो यता भत्किन्छ । जताततै मुसाहरूले भ्वाङ मात्रै पारेका छन् ।’’ छोराले गुनासो पोखे ।
“कुरा गरी साध्य छैन बाबु ! मुसापनि साना छन् र ! बिरालोभन्दा ठूल्ठूला छन् । बिरालोदेखि मुसा डराउनु पर्नेमा, यहाँ त मुसादेखि बिरालोहरू डराउँछन उनीहरूकै राज चलेको छ । बिरालो पनि छट्टु रहेछ साना मुसालाई च्याप्यै समाउँछ । ठूलो मुसा देख्ना साथ म्याउँ गर्छ पछि पछि सर्छ । फाटेको मजेत्रोको छेउले आँसु पुछ्दै आमाले भनिन् ।
आमाको कुरा सुनेपछि छोराले भने– “आमा अब यो भत्केको घर टालटुल गरेर हुँदैन अब मुसाहरू नपस्ने गरी नयाँ घर बनाउनु पर्छ ।’’
No comments:
Post a Comment