पदोन्नति
-उपेन्द्रप्रसाद खनाल
मनमैजु, काठमाडौँ
राजनैतिक भागबण्डामा परेर राम्रै आम्दानी हुने कार्यालयको प्रमुखको रुपमा नियुक्ती पाएका दण्डपाणीलाई कार्यालयको काम थालेकै दिनबाट उनका प्रशंसकहरुबाट बधाई र शुभकामनाको ओइरो आउन थल्यो । यी सबैको उद्देश्य उनीबाट कुनै न कुनै फाइदा लिनु थियो । यीमध्ये अशोक पनि एक थिए जसलाई उनले केही गर्नु नै पर्ने थियो । नगर्नु पनि कसरी । जुनसुकै कार्यक्रममा जाँदा पनि झोला बोकी अघिपछि लाग्नु, कार्यक्रम अवधिभर बसेर सुराकी गर्नु, वाह्य आम्दानीको हिसाब गोप्यरुपमा बुझाउनु इत्यादि काम गर्दा बीचमानै आफ्नो पढाइ छोडेर आफ्नो सेवामा लागेको कारणले गर्दा पनि केही न केही गर्न नै पर्दथ्यो ।
आफ्नो कार्यालय आर्थिक लाभ लिन राम्रो कार्यालय भएकाले अशोकलाई त्यही राख्ने निर्णय गराए । हाकिमको मानिस भएर नै होला सम्पूर्ण आर्थिक जिम्मेवारी उनैमा सुम्पन पुगेका दण्डपाणी उनै अशोकबाट एक वर्षमा नै ठूलो अर्थिक अनियमितता गरेको प्रमाणित हुन्छ र निजबाट असुल उपर गर्नुपर्ने प्रतिवेदन प्राप्त हुन्छ । यसबाट दण्दपाणीलाई ठूलो मानसिक तनाव बनाउँछ । कारवाही गरौं अफ्नो मान्छे, नगरौं आफ्नै पद धराप । यसमध्ये कसैले उनलाई सुझाव दिन्छ अशोकलाई एक तहमाथि पदोन्नति गर्ने ।
यसरी पदोन्नति गर्दा वृद्धि हुने तलबबाट कट्टी गर्दै असुल उपर गर्दै जाने । यसो गर्दा उसले खाइपाई आएको रकम पनि नघट्ने, असुल उपर पनि हुने र हाकिमको इज्जत पनि बच्ने । नभन्दै यही कुरा पास गरे । यता अरु पुराना कर्मचारीहरू अँध्यारो मुख लाएर एकआपसमा कुरा गर्दै थिए प्रमोसन हुनका लागि धूर्त र भ्रष्ट हुनुपर्ने रहेछ न कि इमान्दारी ।
No comments:
Post a Comment