Tuesday, November 28, 2023

लघुकथा (अङ्क ६ मा प्रकाशित)

 काउन्सिलिङ

-फिराक गोर्खाली
पासिघाट, अरुणाचल प्रदेश भारत  


रमेश र मायाको बिहे भएको दुइ वर्ष भएको थियो । दुवै जना वर्किङ कपल । आजभोलि दुवै जनाको बीच झगडा र अनबन बढेको छ ।

एक साँझ रमेश अफिसबाट अलिक ढिलो आयो ।
रमेशले हातमुख धोएर आएर बूढीलाई सोध्यो– “माया के भिड्यो हर्दैछौं ।’’
“रिलेसनशिप गुरुको भिडियो हेरेको, आजभोलि डिभोर्स हुने घटनाहरू धेरै बढेका छन् । तिमी पनि यो बाबालाई हेर्ने गर, हाम्रो पनि झगडा आजभोलि धेरै बढेको छ’’ –मायाले एकै सासमा उत्तर दिइन् ।

“ए झगडा हुने कारण त बल्ल थाहा पाएँ ।’’ –रमेश भुतभुतायो ।
“के भन्यो“?

केही होइन भन्दै, रमेश मायाको नजिक गएर बस्यो र भन्यो “थाहा छ डिभोर्स किन बढ्दै छ, यी रिलेसनशिप गुरुहरुले गर्दा ।’’
“श्रीमान् र श्रीमतीको सम्बन्ध कस्तो हुनुपर्छ भन्दै ज्ञान दिँदै छ हाउडे बाबाहरू जसले आफै बिहे गरेको छैन ।’’

“बलिउडका नायक नायिका जसले आफ्नो सम्बन्ध चलाउन सक्दैनन् आएर यूट्युबमा आएर रिलेसनशिप माथि ज्ञान दिन्छन्’’ –हाँस्दै भन्यो ।
रमेशको कुरा सुनेर माया मरिमरि हाँस्दै भनिन्– “सही कुरा ग-यो, ल हिँड भान्छाकोठा आज मिलेर केही राम्रो पकाउँ ।’’

No comments:

Post a Comment