विविध
-बालकृष्ण गजुरेल
हेलम्बु–६, सिन्धुपाल्चोक
"उहाँ जस्तो पण्डितले पूजारी तय गर्नु हुन्छ ।" गाउँको भव्य मन्दिरको प्राङ्गणमा पुजारी सदर गरियो । गाउँका सबैले सहमति जनाए । देख्दा सुकिलामुकिला लाग्ने अनुहारले स्वैच्छा व्यवस्थापन गरे ।
समय अघि बढ्दै गयो । भगवान्को मान्छेहरूले भगवान्लाई बेइमानी गरे । टीकामा दाग देखियो । बिना शीर्षकमा मन्दिर व्यवस्थापनको नाममा भगवान्लाई धोका दिए ।
एक जना वृद्ध गाउँलेलाई चित्त बुझेन । उनले भने,"होइन, भगवान्को नाममा मन्दिरको पैसा लुट्न लाज लाग्दैन?"
अर्का योगी अगाडि आएर स्पष्ट पारे,"राक्षसहरूलाई के को लाज ? गत वर्षका सिसिटिभी काण्डका प्रमुखज्यूले बिना शीर्षकमा रकम छुट्याए । अहिले पनि बिना शीर्षकमा करोडौं रकम पार्टी तथा सरकार व्यवस्थापनमा छुट्याएको छ । अचम्मको बिना शीर्षकको बजेट ठूलै समृद्धि हुने भयो ।"
No comments:
Post a Comment