आमूल परिवर्तन
-वसन्त अनुभव
घोराही १४, दाङ
ऊ झुपडीबाट उठ्यो, चप्पल लगाएर । हक र अधिकारका आवाज बुलन्द ग¥यो । भ्रष्टाचार र गलत प्रवृत्तिको खुलेर विरोध ग¥यो । आमूल परिवर्तनको कुरा उठायो ।
“हिजो चप्पल लगाएर हिँड्नेको आज पजेरो गाडी कसरी भयो ? गाउँको माटे घरमा बस्नेको आज सहरभरि भव्य महलहरु कहाँबाट आयो ? ती सबैको भन्डाफोर गर्न जरुरी छ । त्यसका लागि पनि म राजनीतिमा छिरेको हुँ ।“ उसले चुनावी माहोल ततायो ।
उसको कुरालाई जनताले अनुमोदन गरे । फलस्वरुप उसले अत्यधिक मत लिएर चुनाव जित्यो । र मन्त्री बन्यो ।
“घर बाहिर बसेर भित्रको फोहोर बढार्न सकिन्न । तसर्थ घरभित्र छिरेको हुँ ।“ मन्त्री भए लगत्तै उसले छोटो प्रतिक्रिया दियो ।
धेरै समयपछि आज ऊ पजेरोमा भेटियो । सहरभरि रहेका उसका गगनचुम्बी महलले उसैको गाउँको झुपडीलाई गिज्याइरहेका थिए ।
îîî

No comments:
Post a Comment