लिम्चुङबुङ जाने
-टड्कबहादुर आलेमगर
त्रियुगा नगरपालिका–११ उदयपुर
'को के के खाने ?’
'कुन खुसीमा बुबा ?’ रचनाले बुबा शब्दसँग सोधिन् ।
'तिमीहरुले राम्रो अङ्क ल्याएर पास भयौ । त्यो परिणामले प्रफुल्लित भएँ, र ।’
'त्यो त हाम्रो कर्मभित्रको परिणाम हो’ रे नि । हामीले पढाइमा राम्रो नतिजा ल्याए वापत विशेष केही चाहेन बुबा । हजुरले कुल्ली काम गरेर, आमाले छोडे पनि आमाको माया समेत दिरहनु भएको छ । हजुर जस्तो बुबा पायौँ यही नै हो हाम्रो सौभाग्य ।’ वाक्य छोरोको कुराले विभोर बन्यो शब्द ।
'र पनि हामी उदयपुर जिल्लाको पर्यटन क्षेत्रले पहिचान बनाउँदै गरेको लिम्चुङबुङ गाउँपालिकाको सगरमाथा भ्यू टपबाट, नेपालका आठ हजार मिटर अग्ला आठ वटामध्ये छ वटा हिमाल हेर्न जाने छौँ । त्यही टपबाट घामको उदय र अस्त, त्यो बेला हिमाल, डाँडा, गहिराहरुमा छरिएका परिवर्तित रङहरु हेर्नेको मज्जा छुट्टै हुने छन् । त्यो माथि विविध चराहरुका कलरव, सुदूर गाउँतिर कुकुर भुकेको सुनिन्दा साँच्चै स्वर्ग मै पुगे झैँ लाग्ने छ । साँझ परेपछि दक्षिणतिर मधेसको झिलिमिली र उत्तरतिर दिक्तेल, ओखलढुङ्गा र सोलुतिरको झिलिमिली । त्यस्तै जुनेली रातको सुन्दरता, कीटपतङ्गका कीरकीराहट । चाँदी जस्तै उही रुप फेरिरहने हिमालहरु ।’
'कुनकुन हिमाल बुबा’ कान्छो छोरो पूर्णविरामले कन्सिरी कन्याउँदै सोध्यो ।
'त्यो त थाहा छैन ।’
आठ वर्षकी कोमाले भनि ’मलाई थाहा छ बुबा ।’
'ल सुनाउ त छोरी ।
'सगरमाथा, चो यू, ल्होत्से, ल्होत्सेशार, मकालु र कञ्चनजङ्गा बुबा ।’
'स्याबास् । छोरीले मोबाइल हेरेर यस्तै जानकारी पो लिने रहिछौ ।
'तर केही नेता जस्ता नहुनोस् है बुबा ।’ छोरो हरपले भन्यो ।
'कस्तो नेता बाबु ?’
'केही हाम्रा नेताहरु वचन दिन्छन् कर्म गर्दैनन् ।’
'दोष सबै नेतालाई नदेउ बाबु ।’
'यो भ्रष्टाचारको दलदलमा देश डुबाउने को हुन्त बुबा ?’ रचनाले सोधी ।
'गल्ती देशको बागडोर समात्नेको हो ।’ शब्दले सुस्केरा फ्याँक्दै भन्यो ’जुनै जोगी पठाए पनि कानै चिरुवा । तर एकदिन जन्मेला देशभक्त ।’
No comments:
Post a Comment