Tuesday, November 21, 2023

लघुकथा (अङ्क ३ मा प्रकाशित)

दृश्य

-सुरेन्द्रलाल भुजू
भक्तपुर  


उहाँ देशको ठूलो पार्टीको जुझारु, लोकप्रिय र विवादरहित नेता । आवधिक चुनावमा उहाँको पार्टीले बहुमत ल्यायो र उहाँले पनि महत्वपूर्ण मन्त्रालय पाउनु भयो । शपथ ग्रहणपछि पहिलो निर्णय गर्नुभयो ।

“देशलाई भिखमङ्गा मुक्त गरिने छ, भएका भिखमङ्गाहरुको उचित ब्यवस्था गरी सडक भिखमङ्गा मुक्त गरिने छ ।”

एक महिना नहुँदै सडकमा रहेका भिखमङ्गाहरु उठाएर ब्यवस्थापन शुरु भयो । सडकमा भिखमङ्गाहरु देखिन छाडेका थिए ।

एकदिन एकाबिहानै एकजना पार्टीका पुराना नेताको दिवंगत भएर पशुपति जाँदै थिए नेताज्यू । त्यहाँको दृश्य देखेर अचम्मित भए तिनी । एउटा विदेशी नम्बरको ट्रकबाट धमाधम भिखमङ्गाहरु झर्दै थिए । नेताज्यूले खुईय सास फेरे र टोपी फुकालेर हम्कन थाले ।

“यो देशमा केही गर्न नसकिने रहेछ ।”

No comments:

Post a Comment