उपचार
-भिमराना जिज्ञासु
गोरखा
खेल्दाखेल्दै ६–७ वर्षको उसको छोराको हात भाँच्चियो । दुर्गम जिल्लाको भएको हुँदा अस्पताल जान पनि प्लेन नै चढेर जानुपथ्र्यो । आफूसँग भएको पैसाले नपुगेर इष्टमित्रसँग रिनसिन काँढेर छोराको उपचार गर्न ऊ अस्पतालतिर लाग्यो । अस्पतालमा मात्र सिकारु डाक्टर थिए ।
निश्चित शुल्क बुझाएपछि छोराको हातको प्लास्टर भयो । छोराको हात ठीक हुने भयो भनेर एकछिन उसले सन्तोषको सास फे¥यो । यद्यपि भोलि छोरा अपाङ्ग भएर दुःख पाउला भन्ने पीरले उसको मुहार अझै अँधेरै थियो ।
घर फर्कने क्रममा जब ऊ प्लेनको टिकट काटेर छोरालाई फुल्याउन एउटा बिस्कुट किनेर दियो त्यतिबेला उसको छोराको अर्को सद्दे हातले पनि बिस्कुट समात्न सकेन ।
यो देखेर उसले छोरालाई बिस्कुट खान कर गयो । तर छोराले रुँदै भन्यो – “बाबा ! भाँच्चिएको हात त यो पो हो ।” त्यसपछि ऊ डाक्टरहरुको उपचारलाई धिक्कार्दै रुँदै घर फर्कियो ।
No comments:
Post a Comment