Sunday, November 19, 2023

लघुकथा (अङ्क १ मा प्रकाशित)

रक्षाकवच

-विष्णु भण्डारी आचार्य
बेलबारी, मोरङ  

सयपत्रीले गुलाफलाई सधैँ घुमाउरा कुराले घोचपेच गर्ने गर्थी “कोहीकोही त जीउभरी काडैकाँडा बोकेर हिड्छन् छि !
सदाझैँ व्यङ्ग्य हान्दै भनी एकदिन, ओ काँडेदिदी, तिमी हेर्दा त्यति राम्री देखिन्छ्यौ तर जीउभरी काँडा बोकेर हिड्छेउ, तिमीलाई नसुहाएकोजस्तो लाग्दैन ? काँडाबिनाको हुनु निमजस्तो ।”

“त्यसो नभनन् बैनी, यो त मेरो रक्षाकवच हो, र मलाई यही मनपर्छ पनि । उसले नम्र भएर भनी ।

सयपत्रीले खिसीट्यूरी गरेपनि सहनुको विकल्प थिएन । सयपत्रीको समूह ठूलो आफू एक्लो । कुराले जित्न नसकिने, सधैँ अल्पमतमा पर्थी ऊ ।
एकदिन, हतियारधारीहरु आए, निर्धक्क उनीहरुको बस्तीमा छिरे । निर्ममतासाथ घाँटी निमोठ्न थाले सयपत्रीको । उनीहरुको क्रन्दन र चित्कारले बस्तीमा रुवाबासी चल्यो तर हतियारधारीहरुको मुटुमा स्पर्श गरेन यो क्रन्दन र चित्कारले ।

अघि ठूला कुरा गर्ने सयपत्रीको थुँङ्गो गुलाफको शरीरमा लपक्क टाँसिइ सास दबाएर बसेकी थिई ।

उसको पनि घाँटी निमोठ्ने प्रयास गरियो तर गुलाफको शरीरका तिखातिखा हतियारले चिथोरेकोले उसलाई छोडिदिए, ज्यान बच्यो, त्यस सयपत्रीको ।

हतियाधारीहरु त्यहाँबाट हिंडेपछि सयपत्रीले लामो श्वास तान्दै भनी ।“ धन्न दिदी आज तिमीले गर्दा बाँचेँ म ।”
तिमीले शरीरमा हतियार बोकेको त्यतिकै हैन रहेछ दिदी ।

त्यतिमात्रै, म त परिस्थिति अनुकुल आफूलाई तत्काल परिवर्तित भइदिन्छु ।

तिनीहरुले आक्रमण गर्न खोजे भने सिंगो शरीर सानासाना अंशमा टुक्रिएर झरिदिन्छु, यसो भएकाले मलाई कसैले आक्रमण गर्न हतपति प्रयासै गर्दैनन् ।

No comments:

Post a Comment