सुरुसुरुमा जब मैले “प्रेम फैसला” नाटक चौध वर्ष हुँदा अर्थात् भनूँ २०४२ सालमा लेखेर आफैँले निर्देशनसम्म गरी नायिकाको भूमिका निभाएको थिएँ । त्यतिखेर भने पहिलो चोटि मलाई, म लहैलहैमा आएर अर्थात् अरूको देखासिकीमा लेखेको रहेछु भन्ने लागेको थियो । नाटक लेख्ने, खेल्ने र निर्देशन गर्ने काम भलै देखासिकीमै भए तापनि तर नाटकको भूमिका र विषय सन्देश भने त्यही समाजमै घटिआएको घटनालाई अभिव्यक्त गरिएको थियो ।
तर अहिले आएर मलाई त्यस्तो लाग्न छाड्यो । त्यतिखेर पनि मैले कसैको देखासिकी नगरी सही नै लेखेको रहेछु भन्ने लागेर आयो अहिले पनि मलाई । जब त्यतिखेर पनि त्यस्तो लागेन भने अहिले आएर म सन्तुष्टिको लागि लेख्छु भन्नु भनेको साहित्य लेखनको सिधै मजाक उडाउनु हो भन्दा कत्ति पनि फरक नपर्ला भन्छू म ।
म जब लेख्न बस्छु, कहिल्यै पनि लेखनदेखि जिस्किन्नँ । हो, यो सत्य कुरा हो कि राम्रो लेख्नलाई निकै आफू तिखारिनु पर्छ । तिखारिनुको लागि कुनै विज्ञको सिको गर्नु अत्यावश्यक हुन आउँछ । र धारिलो भई, अक्षर, शब्द र वाक्यांशमा एक विचार, सन्देश र कडा प्रतीकात्मक सन्देश ओतप्रोत भई बग्नुपर्छ अनि मात्रै पठनीय र पाठकले पचाउँछन् भन्ने लाग्छ मलाई ।
त्यसैले मेरो साहित्य लेखनको मुख्य उदेश्य भनेको, घर, गाउँ, देश र समजमा भैपरी आएका राजनीति तथा सामाजिक घटनाहरूका एक प्रतीकात्मक सन्देशमूलक ऐना बन्न सकून् भन्ने नै हो ।
शनिबार साहित्य
Sunday, November 19, 2023
म किन लेख्छु? (अङ्क ५ मा प्रकाशित)
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment