Friday, December 15, 2023

कविता संसार मासिक अङ्क ५ (सम्पादकीय)

 

एआईको भयावह तस्बिर

 

आजभोलि सामाजिक सञ्जाल एआईले बनाएका तस्बिरले सजिएका छन् । जुन निकै आकर्षक र शोभनीय देखिन्छ । आफ्नो पहिलो अभ्यासमा नै यसले गतिलो प्रभाव छोड्न सफल भए । यस्ता प्रविधिले झन् के के मात्र गर्ने हो त्यो हेर्न बाँकी नै छ । यिनै एआई (कृत्रिम बौद्धिकता)ले हाम्रा क्षमता र सिर्जनामाथि चुनौती थपिदिएका छन् ।

हरेक क्षेत्रमा यसले आफ्नो प्रभुत्व जमाउँदै लगे, सायद मान्छेहरु अर्को ग्रहमा सर्नुपर्ने हुन्छ । क्रमशः हाम्रा सिर्जनामा यसरी हमला हुन थाले भने त्यसले निम्त्याउने परिस्थिति र अन्योल सोच्न पनि डर लाग्ने भइसक्यो ।

आज जुनसुकै क्षेत्रमा पनि प्रविधिले आक्रमण गरिदै लगिरहेको छ । मान्छेहरु कामको खोजमा जुनसुकै देशमा पनि पुगेका छन् । त्यसले देशको समग्र आर्थिक र सामाजिक चरित्र चित्रण गरिरहेको छ । यसको प्रभावले हरेक क्षेत्रको संरचना जटिल हुँदै गएको देखिन्छ । यिनै परिस्थितिले समाजलाई अप्ठ्यारो मोडमा उभ्याइदिएको छ ।

निश्चय पनि मान्छेहरुको अस्तित्व झन् सङ्कटतिर उन्मुख भएको छ । भावी पुस्ताले त्यसलाई कसरी ठेक्न सक्छ होला त्यो सम्झिदा पनि कहाली लाग्छ । समस्या जहाँपनि हुन्छ तर समाधान बेलैमा गर्न नसकेमा त्यो कति भयावह होला ।

कविता संसारमा यस्ता विषयवस्तु र सन्दर्भ बेला बखत गुञ्जेको पाउँछौ । यो एक मात्र देशको हैन समग्र विश्वकै समस्या भइसक्यो । अब सबैजना हातेमालो गरेर अघि बढ्नु बाहेक अर्को विकल्प छैन ।

 अङ्क ५ पढ्न र डाउनलोड गर्नका लागि

No comments:

Post a Comment