अचेल के गर्दै हो साथी, किन झ्याउरो देखिएका छौ नि?’’ बाटोमा भेट हुँदा रमेशले माधवलाई सोध्यो ।
रमेश र माधव एउटै कार्यालयमा काम गर्थे र सँगै अवकाश प्राप्त गरेका हुन् । रमेशलाई माधव पहिले झैँ चुस्त दुरुस्त लागेन ।
– “अचेल घाटाको व्यापार गर्दैछु साथी !’’ माधवले रमेशलाई भन्यो ।
– “समाज सेवा हो ?’’ रमेशले जिज्ञासा राख्यो ।
– “अब त्यै भन्नु पर्ला ।’’ माधवले सोझो जवाफ दिएन ।
– “के भन्या त्यस्तो यार ?’’ रमेशले अचम्म मान्दै सोध्यो ।
– “हेलो !’’ माधव मोबाइल फोनमा कुरा गर्दै रमेशलाई त्यहीँ छाडि हिड्यो ।
– “के चाला हो यसको, आधा अधुरो कुरा गरेर हिड्यो !’’ रमेश माधवप्रति आक्रोशित हुँदै फतफताउँदै आफ्नो गन्तव्यतिर लाग्यो ।
– “ए रमेश !’’ अलि परमात्र के पुगेको थियो माधवको आवाजले उ टक्क अडियो । माधव फटाफट हिंडेर ऊतिरै आइरहेको थियो ।
– “के हो यस्तो चाला, केही नभनी हिड्यौ त ?’’ रमेश माधवसँग गुनासो पोख्दै थियो ।
– “कहाँ यार, एउटाको फोन आयो, त्योसँगको कुरो तिमीलाई सुनाएर किन बोर गर्नु भनेर अलि पर गा’को, तिमी त हिडेछौ !’’ माधव स्पष्टीकरण दिंदै थियो ।
– “अघि घाटाको व्यापार भन्दै थियौ नि, प्रष्ट पार्छौ कि?’’ रमेशले सम्झायो अनि माधवले भन्यो “के भनु यार ! शेयर बजारमा लगानी गरेको चुर्लुम्म डुबियो, अनि भएन त घाटाको व्यापार ?’’
- वीरगञ्ज हालः काठमाडौ –५
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment