Thursday, February 27, 2025

लघुकथा (अङ्क २१ मा प्रकाशित)


उसले परिवारमा थाहै नदिई विहे गरेर एउटी गरिबकी छोरी ल्यायो । आफ्नो खानदान अनुसारकी भइन भनेर घरका सबैले नाक खुम्च्याए । त्यसपछि उसले त्यसलाई छोड्दियो । केही समयपछि दुवैको सम्बन्ध विच्छेद भयो ।

धेरैपछि उसले फेरि आफ्नो खानदान अनुसारकी केटी हेरेर अर्को विहे गर्‍यो । आफ्नो खानदानअनुसारकी बुहारी आई भनेर घर, परिवार सबै खुसी भए ।

दिन बित्दै गए । पछि बुझ्‌दा त पछि ल्याएकी बुहारीको घर परिवार भन्दा पहिले ल्याएकी बुहारीकै घर परिवार पो धनी र खानदानी रहेछ ।      

- काभ्रे, पनौती । हालः कपन, काठमाडौँ

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment