Thursday, February 27, 2025

लघुकथा (अङ्क २१ मा प्रकाशित)


ती लेखक हुन् ।

सिद्धान्त र विचारमा ––

*  त्यो माओवादी हो ।
* त्यो एमाले हो ।
*  त्यो समाजवादी हो ।
*  त्यो काङ्ग्रेस हो ।

हामीले चिन्दा उनीहरूलाई यसरी नै चिन्छौँ । सामान्य मान्छेलाई ती इमानदार छन् र आ–आफ्ना विचारमा दृढ छन् जस्तो लाग्छ ।

यथार्थ भने फरक छ ––

तिनीहरूको गुट छ । त्यस गुटले लेखक बलियो र कमजोर छुट्याउँदैन ।  महान पगरी गुथ्याउँछन् लेखकलाई । आ–आफ्नो प्रचारप्रसारमा मरिहत्ते भएर लाग्छन् । र आवरणमा कुद्नेहरू रमिता हेरिरहन्छन् । 

यही हो हामी बाँचेको युग ।

*  अन्धाहरू भ्रमको चक्रव्यूहबाट बाहिर  निस्कन सक्दैनन् ।

-उर्लावारी, मोरङ

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment